Back to top

आम मानिसमा  सीप विकास तालिमको बारेमा  सकारात्मक धारणा निर्माण 

सीप विकास सम्बन्धी  बुझाई राम्रो भएको खण्डमा यस क्षेत्रले युवाहरूको लागि भरपर्दो जीवन वृत्तिको रुपमा तथा नेपाल सम्वृद्व भविष्यको लागि अत्यन्तै महत्वपुर्ण तत्वको रूपमा रहेको सम्भावनालाई मूर्त रूप दिनको लागि सहयोगी हुनेछ। 

बदलिँदो धारणा

सीप विकास तालिम के हो भन्ने सम्बन्धी पुरानो धारणा र यसले  के-कस्ता  अवसर सृजना गर्छ भन्ने कुराले यस प्रतिको वर्तमान धारणालाई ओझेल पारिदिन्छ।  यिनै पुराना धारणाहरूमा परिवर्तन ल्याउनको लागि दक्षताले सिटीईभिटीसँगको सहकार्यमा संयुक्त रूपमा सार्वजनिक सचेतना कार्यक्रमको सुभारम्भ गरेको छ । सीप विकास कार्यक्रम तथा तिनका फाइदाहरूको बारेमा अझ धेरै युवा, अभिभावक र अन्य सबै मानिसहरुलाई  जानकारी होस भन्ने उद्देश्यले प्राविधिक शिक्षालय, समुदाय तथा रोजगारदाताहरूसँग हामीले सहकार्य गरिरहेको छौं । 

सहकार्यमुलक अभियान 

सहकार्यमा  संचालित अभियान भएकोले सीप विकास तालिम प्रदायक र  रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्दै सम्भावित जीवनवृत्तिको सम्बन्धमा युवाहरू तथा उनीहरुको परिवारका सदस्यहरूलाई सल्लाह सुझाव एवं मार्गनिर्देशन प्रदान गर्न सहयोगी सिद्व भैरहेको छ।  अभियान अन्तर्गतका ४ वटा कार्यक्रमहरूमा १,६००  जना माध्यमिक तहका विद्यार्थी सहित कुल ४००० भन्दा बढी सहभागिता रहेको थियो । विद्यालयका विद्यार्थीको प्रतिकृया हेर्दा ५९% ले  कार्यक्रम मन पराएको र   ५६% ले आवश्यक जानकारी पाएको बताए भने ५९ % ले भविष्यमा प्राविधिक तथा व्यावसायिक विषयमा भर्ना हुने तथा ३९ % ले भविष्यमा पनि यस्तै सचेतना मुलक कार्यक्रमहरूमा सहभागिता इच्छा व्यक्त गरे।  सञ्चारमाध्यममा  प्रकाशित / प्रसारित समाचार सामाग्रीहरू मध्ये ८० % पत्रपत्रिका, १४ % टेलिभिजन /युट्युब  र ६ % रेडियो मार्फत सर्वसाधारणसम्म पुगेका थिए।  

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by