Back to top

 

 

CTEVT Grant Agreement

ब्रिटिश काउन्सिलले युरोपियन युनियनको आर्थिक सहायतामा सन्चालित दक्षता: व्यावहारिक साझेदारी परियोजना मार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) द्वारा ३ डिसेम्बर २०१९ बाट कार्यान्वयन हुने Strengthening Employer Engagement in CTEVT Schools (SEECS) परियोजनाको लागि  तीस  लाख युरो / ३७ करोड़ ४३ लाख १० हजार रुपैँया  अनुदान  प्रदान गरेको छ  । यस परियोजनाले नेपालको  प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम  (टीभीईटी ) क्षेत्रमा  शिक्षालय तहदेखि नै  रोजगारदाताको  सहभागिता  सम्बन्धी निति , प्रकृया  तथा  कार्यान्वयनको  अभ्यासलाई सशक्त तुल्याउले  लक्ष्य लिएको छ,  जसका लागि  तालिम कार्यक्रमको गुणस्तर  र सन्दर्भिकता  एवं  श्रम बजारको आवश्यकता प्रति  जवाफदेहीता अभिवृद्धि  गर्ने उद्देश्यले   दिगो  दृष्टिकोण  विकास गर्ने कार्यमा  परियोजना केन्द्रित हुनेछ  ।

कृषि, निर्माण तथा पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने सिटीईभीटी अन्तर्गतका ९ वटा शिक्षालयहरुले परियोजनाका कार्यक्रमहरु नेपालका ७ वटै प्रदेशमा  २०१९ डिसेम्बरमा प्रारंभ गरि २०२१ सम्म सञ्चालन गर्नेछन ।

अनुदान सम्झौतामा सिटीईभीटीको तर्फबाट सदस्य-सचिव डा. पुष्प रमण वाग्ले तथा ब्रिटिश काउन्सिलको तर्फबाट देशीय निर्देशक डा. योभन इलिकले  हस्ताक्षर गर्नुभयो ।

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by