Back to top

व्यक्ति अध्ययन

 

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभीईटी) सार्वजनिक निजी साझेदारी कार्य समुह (TVET PPP Working Group) का सदस्य श्री सुमित केडियासंग गरिएको अन्तर्वार्ता 

 

स्पष्टताको लागि यस अन्तर्वार्तालाई संक्षिप्त रुपमा प्रस्तुत  गरिएको छ 

 

श्री सुमित केडिया प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभीईटी) सम्बन्धी सार्वजनिक निजी साझेदारी कार्य समुह (TVET PPP Working Group) का नवीनतम सदस्यहरु मध्ये एक हुनुहुन्छउक्त कार्य समुहमा रोजगारदाता/निजी क्षेत्र तथा  सरकार दुवैका  प्रतिनिधिहरु  टीभीईटि क्षेत्रसंग सम्बन्धित सबै सवालहरु र यस क्षेत्रमा रोजगारदाताहरुको सहभागिता वृद्धि गर्नको लागि मार्ग पहिचान गर्ने सम्बन्धमा एकै स्थानमा रहेर छलफल गर्ने गरिन्छ । केडियाले हालसालै सम्पन्न कार्य समुहको छैटौँ बैठकमा सहभागिता जनाउनुभयो । उद्यमीकेडिया समुह अन्तर्गतको सीताराम गोकुल मिल्कका संचालक हुनुका साथै नेपाल उद्योग वाणिज्य महासंघकृषि वस्तुगत परिषद्का उपाध्यक्षका रुपमा कार्यरत श्री केडियाले  आफ्नो पारिवारिक डेरी उद्योगको प्रमुख कार्यकारीको रुपमा  १३ वर्ष अघि नेतृत्व लिएदेखि नै सम्भावित कर्मचारीहरुका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा  सुधारको आवश्यकता पहिचान गर्नु भएको थियो ।
 
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि वस्तुगत संघका उपाध्यक्ष्य तथा नेपाल डेरी संघका निवर्तमान अध्यक्षको रुपमा श्री सुमित केडियालाई पिपिपि कार्य समुहमा निमन्त्रण गरिएको थियो। नेपालमा टीभीईटि निति तथा कार्यान्वयनको सुधारमा सहयोग गर्नको लागि युरोपियन युनियनको आर्थिक सहायतामा ब्रिटिश काउन्सिलको व्यवस्थापनमा सन्चालित दक्षता परियोजना कार्यरत रहेका तीन प्रमुख क्षेत्रहरु मध्येको कृषि क्षेत्रलाइ उहाँले प्रतिनिधित्व गर्नुहुन्छ।

 

Sumit Kedia Visual

"डेरी उद्योगको क्षेत्रमा प्रवेश गर्ने वित्तिकै देखेको दक्ष कामदारको अभावले मलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा ध्यान केन्द्रित गर्नु जरुरी छ भन्ने मनन गरायो । त्यसैले कार्य समुह सदस्यको रुपमा  मनोनित हुन पाउँदा म हर्षित थिएँ यस समुहको सदस्यको  रूपमा  आफुसँग भएको ज्ञान  आदान प्रदान गर्नको लागि म निकै उत्साहित छु ।" 

गर्नुपर्ने कामहरु धेरै नै बाँकी हुनका बाबजुद आगामी ५ वर्षमा टीभीईटी  पिपिपि कार्यसमुह मार्फत नेपालको टीभीईटी क्षेत्रमा धेरै  सुधार आउने  सम्भावना  सुमित केडियाले  देख्नुहुन्छ । रोजगारदाताहरुका साथै सबै पक्षबाट  संचार गतिविधिहरुमा वृद्धि एवं सुधार  गर्नु अत्यन्तै महत्वपुर्ण  हुन्छ । हाल निजी क्षेत्र र तालिम प्रदायकको बीचमा भैरहेको अन्तर्क्रिया वा सहकार्य यथेष्ट रहेको  पाईदैन । यस प्रकारका अन्तरहरुलाई हटाउनको लागि पिपिपि कार्यसमुह जस्ता मंचहरुलाई प्रभावकारी रुपमा उपयोग गर्न सकिन्छ ।

थुप्रै उप-क्षेत्रहरु तथा अन्तर्गतका उद्योगहरु मिलेर बनेको निजी क्षेत्र विभाजित अवस्थामा रहेको कुरा स्वीकार गर्दै यसको आवाजलाइ एकरूपता दिनको लागि देशैभर उपस्थित रहेको एउटा प्रमुख छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ लगायतका विद्यमान संजाल तथा संस्थाहरुसँग कार्यगत सहकार्य गर्न उहाँले सुझाव दिनुभयो  

नेपालमा रहेको श्रम बजारको प्रवृत्तिलाई बुझ्ने तथा  व्याख्या गर्ने कार्यर सरकार तथा सम्बन्धित नितिहरुमा प्रभाव पार्न सक्ने प्रमाण र अनुसन्धान सम्बन्धी कार्य मार्फत योगदान गर्ने कार्यमा रोजगारदाता समुह/संस्थाहरुले ठुलो भुमिका खेल्न सक्ने केडियाको स्वीकारोक्ति रहेको छ  हामीले केहि कामहरू त गरिरहेका छौंयद्यपि विज्ञहरुको मार्गदर्शनको अझ बढी आवश्यकता रहेको छजसले त्यस प्रकारका परियोजनाहरु पहिचान गर्न सहयोग गर्दछ ।  

 

आफ्नै डेरी उद्योगका कामदारमै व्यावहारिक तथा प्राविधिक सीपको अभाव सामना गरिरहनु भएका केडियाले टिभिईटि क्षेत्रका साझेदारहरुलाई एकै ठाउँमा ल्याएर त्यस प्रकारका समस्याहरुको समाधान गर्दै विभिन्न क्षेत्रका बीच सहकार्यमा सुधार ल्याउन पिपिपि कार्यसमुह  सफल हुनेछ भन्ने आशा व्यक्त गर्नुहुन्छ । कार्यसमुहले दृढ लक्ष्य लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो -"हामीले नेपालको टीभीईटी क्षेत्रको भविष्य रूपी साझा उद्देश्यका लागि काम गरिरहेका छौंतसर्थ सार्वजनिक तथा निजी क्षेत्रले हातमा हात मिलाएर अघि बढ्नु पर्दछ ।" 

 

सरकारले  टीभीईटीको  क्षेत्रमा  हाल सम्म गरेका  सकारात्मक  पहलहरुको सराहना गर्दै  केडियाले  पाठ्यक्रम  परिवर्तनलाई   महत्वपुर्ण  प्राथमिकताको रुपमा पहिचान गर्दै  क्षेत्रहरु बीचका अवरोधहरुलाई  चिर्नु  पनि  उत्तिकै  जरुरी रहेको  उल्लेख  गर्दै उहाँले भन्नु भयो - "हाल  हाम्रो क्षेत्रमा  अदक्षअर्ध दक्ष  र दक्ष गरि  थुप्रै संख्यामा  कामदारहरु छन ।  थुप्रै  तालिम प्रदायकहरुले  ३ महिना अवधिको  "कार्यगत तालिम(ओजेटी)" का लागि  प्रशिक्षार्थीहरु  हाम्रा कार्यस्थलहरुमा पठाउँछन  जसलाई स्वागत गर्न  पाउँदा हामी  खुसी हुन्छौँ    ओजेटी  पश्चात  उनीहरु मध्ये थुप्रै जनालाई रोजगारी  पनि दिन्छौं  यद्यपि,  हाम्रा  उद्योगमा आइपुग्दा  उनीहरुले जानेका सीप  हाम्रा  आवश्यकतासँग  मिल्दैनन । साथै,  हाल  प्रयोगमा रहेको  टीभीईटि पाठ्यक्रम समेत उद्योग तथा सेवा  क्षेत्रको  लागि उपयुक्त  छैन    सैद्वान्तिक  तथा  व्यावहारिक  दृष्टिकोणका बीचमा पनि  मेल छैन   पाठ्यक्रम  रोजगार मुखी हुनुपर्दछ 

 

पिपिपि  कार्यसमुहको मुख्य उपलब्धिको रुपमा  'नीतिगत मार्गनिर्देशन दस्तावेज ' (Policy Guiding Document ) तयार  हुनेछ ,   सो  दस्तावेज माग  र आपुर्ति  सम्बन्धी नीतिगत सवालहरुमा  केन्द्रित  हुनुपर्नेमा  केडिया जोड  दिनुहुन्छ ।  "एक जना  उद्यमीको रुपमा  मलाई के लाग्दछ भने  मार्गदर्शन  दस्तावेजले  माग र  आपुर्ति  बीचमा रहेको  बेमेल  हटाउने  लक्ष्य  लिनुपर्दछ ।हामीले  कामदार खोज्दा   पाइरहेका छैनौं , यदि  पाइहाले  पनि   हाम्रा उद्योगहरुमा  चाहिएका  जस्ता  कामदारहरु पाइरहेका  छैनौं " 

मार्गनिर्देशक  दस्तावेजमा सरकार तथा  टीभीईटीका वृहत  सरोकारवालाहरु माझ  स्वामित्व  सृजना गर्नु   आवश्यक  भएको कुरामा  विश्वास  व्यक्त गर्दै केडिया भन्नुहुन्छ  - "सरकार  समक्ष  मस्यौदा निति  प्रस्तुत गर्ने क्रममा  कार्यसमुहले   सरकारलाई  उक्त मस्यौदालाई  मान्यता प्रदान  गर्न  तथा  त्यसको  स्वामित्व  ग्रहण गर्न  आग्रह गर्नुपर्दछ।  मस्यौदाले पुर्णता पाउँदा  यसले सबैको आवाज समावेश गरेमा  यसले स्वामित्व प्राप्त गर्नेछ "   

यस प्रकारको  स्वामित्व  तथा सहमति  हासिल गर्नु  चुनौतीपुर्ण  हुन सक्ने  बताउँदै  उहाँले  उक्त दस्तावेजको सफलताको सम्भावना  वृद्धि  गर्नको  लागि त्यसलाई आकार दिने क्रममा   सम्भव  भएसम्म धेरै सरोकारवाला संस्था तथा व्यक्तिहरूलाई  सहभागी  गराउने  सुझाव दिनुहुन्छ । 

आफ्ना सदस्यहरुमा मात्रै सिमित नभई  कार्य समूहले वृहत्तर सरोकारवालाहरुको धारणा एवं राय सल्लाह लिनको लागि केहि विधिहरु निर्माण गर्नु पर्ने उल्लेख गर्दै केडियाले  रोजगारदाता संस्थाप्रतिनिधिमुलक संस्था तथा  उद्योग वाणिज्य संघहरुका संजालहरु त्यस कार्यमा उपयोग गर्न सकिने सुझाव दिनुहुन्छ । 

अन्त्यमा, सुमित केडियाले  कार्य समुहमा  सदस्यको रुपमा  योगदान पुर्याइरहेका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको  सामुहिक पहलको  नतिजा  स्वरुप  टिभीईटि  क्षेत्रमा  दीर्घकालीन सकारात्मक परिवर्तनहरु  हासिल हुने  कुरामा  आफु  आशावादी  रहेको कुरा  बताउनुभयो :

"देशको लागि केहि गर्न  नतिजा हासिल गर्न कुनै पनि कसर बाँकी नराख्ने कुरामा हामी प्रतिवद्ध  हुनुपर्दछ ।"

"टिभीईटी  क्षेत्रमा सार्वजनिक निजी  साझेदारी  सम्बन्धी  नीतिगत  मार्गनिर्देश  दस्तावेज  तयार  गर्ने कार्यमा  रोजगारदाताहरुलाई  सहभागी गराउने  दक्षता पहिलो परियोजना हो  हाल सरकारी  तथा  निजी  क्षेत्रबाट  उपयुक्त  प्रतिनिधिहरुलाई  सहभागी  गराईरहेको  परियोजनाले  सार्वजनिक तथा  निजी  क्षेत्रको बीचमा संवादका लागि प्रभावकारी  मन्चको  भुमिका  निर्वाह गरिरहेको  पिपिपि  कार्य समुह  मार्फत  हासिल गर्ने  तय  भएका उपलब्धिहरु  हासिल भएमा  नेपालको टिभिईटि  क्षेत्रमा  दिगो  परिवर्तन आउनेछनजस प्रति म  निकै आशावादी  रहेको छु । " 

 

अस्वीकरण: यस अन्तर्वार्तामा व्यक्त भएका विचारहरु अन्तर्वार्ता दिने व्यक्तिका व्यक्तिगत विचार हुन र ति विचारले कुनै पनि रुपमा दक्षता/ब्रिटिश काउन्सिल  वा युरोपियन युनियनको धारणाको प्रतिनिधित्व  गर्दैनन । 

 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by