Back to top

                                                

सीप विकास सम्बन्धी सार्वजनिक सचेतना बढाउने उद्देश्यका साथ दक्षता परियोजनाले निकट भविष्यमा घोषणा गर्ने तयारी गर्न लागेको राष्ट्रिय सचेतना अभियानको तयारी स्वरूप संचालन गरेको ‘सार्वजनिक सचेतना अभियानका सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला’ (माघ २३- २६, २०७४) अभियानको लागि नारा र लोगो तय गर्दै  सम्पन्न भएको छ . प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को तर्फबाट सक्षमता परियोजनाका कर्मचारी, सूचना तथा अनुसन्धान विभाग अनि लहान, ईलाम, नेपालगंज र पोखरा गरी ४ वटा Centre of Excellence,निजी क्षेत्र अन्तर्गत राष्ट्रिय स्तरका महासंघहरु, शिक्षा मन्त्रालय, दातृ  निकाय  र स्थानीय चेम्बरहरुको सक्रिय सहभागीता रहेको थियो .

 

कार्यशालाका सहभागीहरुले TVET सम्बन्धी सार्वजनिक सचेतना अभियानमा आ-आफ्नो संस्थाले गर्न सक्ने योगदान र आगामी तीन महिना भित्रमा आफुसंग उपलब्ध श्रोत साधनको सदुपयोग गर्दै सम्पन्न गर्न सक्ने क्रियाकलापहरुको सम्बन्धमा  प्रतिवद्दता माथि प्रकाश पार्नुभएको थियो . सार्वजनिक सचेतना अभियानका लागि सहभागीहरुबाटै तय गरिएको नारा कै सेरोफेरोमा रही उहाँहरु सबैको सहमति अनुसार लोगोलाई अन्तिम रुप दिनु भएको थियो .

 

दक्षता परियोजनाले आगामी फाल्गुण १० गते आयोजना गर्ने ‘सार्वजनिक सचेतना अभियान’ घोषणा कार्यक्रममा आज सम्पन्न भएको कार्यशालाले विकास गरेको नारा र लोगो  सार्वजनिक गर्ने र तत्पश्चात सबै सरोकारवालाहरुले यथोचित तवरले राष्ट्रिय र स्थानीय स्तरमा तिनलाई प्रवर्दन र प्रयोग  गर्ने प्रतिवद्दता पनि व्यक्त भएको छ . अबको तीन महिना पछि सरोकारवालाहरुको पुनरावलोकन बैठक वा कार्यशाला आयोजना गर्ने सहमति गर्दै कार्यशाला सम्पन्न भएको छ .

 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by