प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिममा सार्वजनिक र निजी क्षेत्रबीचको व्यावहारिक साझेदारीको भविष्य

परिचय
अन्वेषणयुक्त सार्वजनिक-निजी साझेदारीको माध्यमबाट प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा रोजगारदाताको अझ राम्रो संलग्नातालाई सहजीकरण गर्नु र निति निर्माणमा सहयोग मार्फत उक्त दृष्टिकोणलाई संस्थागत गर्नु दक्षताको उद्देश्य हो | यसै सन्दर्भमा आषाढ २०७५ मा “सार्वजनिक-निजी साझेदारी कार्य समुह” को गठन गरिएको थियो | उक्त कर्यसमुहको उद्देश्य सार्वजनिक र निजी दुबै क्षेत्र प्रभावकारी रुपमा संलग्न हुन सहज हुने एउटा मन्च तयार पार्नु थियो जसले सम्बद्द दुवै पक्षलाई नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा निजी क्षेत्रको अझ सक्रिय सहभागिता सुनिश्चित गर्नको लागि सबै भन्दा प्रभावकारी तरीकाहरुको पक्षमा वकालत गर्ने हेतुले नितिगत सिद्दान्तको विकासमा सहकार्य गर्ने अवसर प्रदान गर्दछ | तसर्थ, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रमा सक्रिय तीन मुख्य साझेदारहरु सरकार, व्यवसाय तथा उद्योग र, तालिम प्रदायकहरु उक्त कार्य समुहमा प्रतिनिधित्व रहेको छ |
विधि तथा क्रियाकलाप
विश्वव्यापी रुपमा भैरहेका असल अभ्यासहरुको बारेमा अवधारणा स्पष्ट पार्नु, संलग्न गराउनु र सदस्यहरुलाई जानकारी गराउनु उक्त कार्यसमुहको प्राथमिक दृष्टिकोण हो | नियमित रुपमा संचालन हुने बैठक र कार्यशालाहरुले सदस्हरुको माझमा छलफल, विचार, धारणा तथा अनुभव आदान प्रदान गर्नको लागि स्थान उपलब्ध गराउँछ जुन सहभागिता मुलक दृष्टिकोणमा जोडिएका हुन्छन | यसले उहाँहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा रोजगारदाताको संलग्नतालाई सशक्त पार्न सम्भावित क्षेत्रहरुको बारेमा खोजी गर्न मद्दत गर्छ /अनुमति दिन्छ | यसै सन्दर्भमा पहिलो कार्यशाला आषाढ २०७५ मा आयोजना गरिएको थियो जसको केहि दिन अघि वृहत्तर सरोकारवालाहरुसंगको एक दिने सार्वजनिक-निजी साझेदारी कार्यशालाको आयोजना गरिएको थियो | उक्त कार्यशालामा अन्तरराष्ट्रिय स्तरमा भैरहेका सार्वजनिक-निजी साझेदारीका उत्कृष्ट अभ्यासहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो | उक्त एक दिने कार्यशालाबाट प्राप्त सुझावहरु नेपालको परिप्रेक्षमा कति सान्दर्भिक र उपयोगी हुन सक्छन भन्ने कुरा निर्क्यौल गर्न सार्वजनिक-निजी साझेदारी कार्यसमुहको एउटा कार्यशालामा घनिभुत छलफल गरिएको थियो | त्यसपछि उक्त कार्यसमुहका महत्वपुर्ण सदस्यहरुलाई मलेसियामा अभ्यासमा रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा सार्वजनिक-निजी क्षेत्र साझेदारीसम्बन्धी नीति र कार्यावन्यनका विभिन्न नमुनाहरुको अवलोकन भ्रमण गराईएको थियो | उक्त अवलोकन भ्रमणका सहभागीहरुले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम मन्त्रालय, र योग्यता तथा पाठ्यक्रम निकायको भ्रमण गरि नितिगत प्रावधानहरुको बारेमा स्पष्टता हासिल गर्नुका साथै व्यावहारिक रुपमा रोजगारदाता तथा कामदारहरु कसरी संलग्न हुन्छन र अन्तरक्रिया गर्दा रहेछन भनि कार्यान्वयनका नमुनाहरुको अवलोकन गर्ने उद्देश्यले रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरुको भ्रमण गर्नु भयो | उल्लेखित भ्रमणहरुले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिममा रोजगारदाताको संलग्नताको प्रभावकारिताको बारेमा सहभागीहरुको बुझाईलाई अझ प्रगाढ बनायो | २०७५ मंसिरमा आयोजना गरिएको दोश्रो आवासीय कार्यशाला निम्न कुराहरु समावेश गर्दै नितिगत मार्गनिर्देश दस्तावेजको प्रारम्भिक मस्यौदा तयार पार्ने उद्देश्यले आयोजना गरिएको थियो: अ) प्राथमिकताहरु र कार्यान्वयन योजना, आ)प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा सार्वजनिक र निजी दुबै क्षेत्रको भुमिकालाई महत्व दिनको लागि सारोकारवालाहरुलाई मार्गनिर्देश गर्ने साधन र सामग्रीहरु | त्यस्तै प्रकारको तेश्रो कार्यशाला यही चैत्र महिनामा सम्पन्न भएको छ | २०७६ साल भरि नै यसले विभिन्न कार्यशाला मार्फत गति लिनेछ जहाँ सार्वजनिक निजी साझेदारी कार्यसमुहले नेपालको प्राविधिक तथा व्यावसायिक क्षेत्रका जल्दा बल्दा समस्याहरुको सम्बोधन खोजी गर्ने विषय-गत कार्यपत्रहरुमाथि छलफल गर्नेछ |
मुख्य कोशेढुंगा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको उच्च स्तरीय शिक्षा आयोगको प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम सुधार कार्यदललाई सुझाव प्रदान गर्न हालसालै प्राप्त भएको अवसर सार्वजनिक-निजी साझेदारी कार्यसमुहको मुख्य कोशेढुंगाको रुपमा रहेको थियो | पृष्ठभुमि, औचित्य, उद्देश्यहरु, विगतमा नेपालमा र क्षेत्रीय रुपमा गरिएका पहल, मुख्य मुद्दाहरु तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा सुधार सम्बन्धमा सार्वजनिक-निजी साझेदारी कार्यसमुहको बुझाई र सहकार्यको लागि निजी क्षेत्रको तत्परतालाई मध्यनजर गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रमा सार्वजनिक-निजी साझेदारीलाई अभिवृद्दिको लागि निम्न सुझावहरु दिइएको थियो, उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको महत्वपुर्ण सामाग्री को रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सुधार सम्बन्धी कार्यदलको प्रतिवेदनमा यी सुझावहरु समेटिएका थिए |
नितिगत तह
-प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी सबै नितिगत निकायमा राष्ट्रिय व्यवसाय र उद्योगहरुको (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग परिसंघ, होटल, निर्माण व्यवसाय, किसान लगायतका क्षेत्रगत संघहरु) उचित प्रतिनिधित्व सुनिश्चित गर्ने |
-सार्वजनिक र निजी क्षेत्रको बीच नियमित छलपल र जानकारी आदान प्रदान गर्नको लागि संवाद मन्चको स्थापना गर्ने |
व्यवस्थापन तह
गुणस्तर र सक्षमता, मापदण्डको विकास तथा जानकारी र सुचनाको आदान प्रदानजस्ता कार्यहरुमा सरकारलाई सहयोग गर्ने क्षमता सहितको कानुनी कार्यादेश प्राप्त मन्चको स्थापना गर्नको लागि अन्तरराष्ट्रिय अभ्यासमा आधारित क्षेत्रगत सीप परिषद स्थापना गर्ने |
कार्यान्वयन तह
तालिम कार्यन्वयनको क्रममा दुवै पक्ष बीच अर्थपुर्ण सहकार्य |

कार्य समुहले थप विषयहरुलाई परिभाषित गर्न तथा नितिगत मार्गनिर्देशन दस्तावेजको उपयोगिता सुनिश्चित गर्नको लागि आगामी दिनहरुमा छलफल र भेटघाटलाई निरन्तरता दिनेछ | निम्न कार्यहरुको लागि संवाद जारी राख्नु मुख्य लक्ष्य हुनेछ:
-प्राविधिक तथा व्यावसयिक शिक्षा र तालिम सम्बन्धी दृष्टिकोणको लागि नितिगत मार्गनिर्देशन दस्तावेजको लागि थप विषय-गत तत्वहरु पहिचान गर्ने |
-प्राविधिक तथा व्यावसयिक शिक्षा र तालिम सम्बन्धी दृष्टिकोणबारे प्राप्त सुझाव सम्बन्धी नितिगत मार्गनिर्देश दस्तावेजको “प्रारूप” प्रस्तुत गर्ने |