Back to top

निड्स-नेपाल (NEEDS Nepal) ले कार्यान्वयन गर्ने बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप  प्रवर्दन परियोजना (Promoting Market led Technical and Vocational Skills for Employment) ले कन्चनपुर, कैलाली र बझाङ जिल्लाका अदक्ष र अर्ध-दक्ष युवाहरूलाई श्रम बजारको माग अनुसारको  वा स्वरोजगारमा जान आवश्यक पर्ने सीपयुक्त तालिम प्रदान गर्दै उनीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।  परियोजनाले अन्वेषणात्मक साझेदारी दृष्टिकोण परीक्षणका लागि  १० वटा रोजगारी संवाद मंच स्थापना गर्नेछ, जसले निजी तथा सार्वजनिक क्षेत्रका साझेदारहरूको बीचमा सशक्त सम्बन्ध स्थापना गर्दै दिगो बनाउनेतर्फ काम गर्नेछन।  

यो नमुना परियोजनाले युवाहरूलाई निर्माण, पर्यटन  र कृषि क्षेत्रमा रोजगारीको लागि आवश्यक सीपयुक्त तालिम प्रदान गरि अवसर सृजना गरिदिन्छ।  उत्तीर्ण प्रशिक्षार्थीहरूलाई आफ्नै व्यवसाय सञ्चालन गर्न तथा रोजगारी सृजनामा सघाउने लक्ष्य सहित यो परियोजना स्वरोजगारमा विशेष रुपमा केन्द्रित रहेको छ। 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by