Back to top

 

 

CTEVT Grant Agreement

ब्रिटिश काउन्सिलले युरोपियन युनियनको आर्थिक सहायतामा सन्चालित दक्षता: व्यावहारिक साझेदारी परियोजना मार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) द्वारा  डिसेम्बर २०१९ बाट कार्यान्वयन हुने Strengthening Employer Engagement in CTEVT Schools (SEECS) परियोजनाको लागि  तीस  लाख युरो / ३७ करोड़ ४३ लाख १० हजार रुपैँया  अनुदान  प्रदान गरेको छ  । यस परियोजनाले नेपालको  प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम  (टीभीईटी ) क्षेत्रमा  शिक्षालय तहदेखि नै  रोजगारदाताको  सहभागिता  सम्बन्धी निति , प्रकृया  तथा  कार्यान्वयनको  अभ्यासलाई सशक्त तुल्याउले  लक्ष्य लिएको छजसका लागि  तालिम कार्यक्रमको गुणस्तर   सन्दर्भिकता  एवं  श्रम बजारको आवश्यकता प्रति  जवाफदेहीता अभिवृद्धि  गर्ने उद्देश्यले   दिगो  दृष्टिकोण  विकास गर्ने कार्यमा  परियोजना केन्द्रित हुनेछ  

कृषिनिर्माण तथा पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने सिटीईभीटी अन्तर्गतका ९ वटा शिक्षालयहरुले परियोजनाका कार्यक्रमहरु नेपालका ७ वटै प्रदेशमा  २०१९ डिसेम्बरमा प्रारंभ गरि २०२१ सम्म सञ्चालन गर्नेछन ।

अनुदान सम्झौतामा सिटीईभीटीको तर्फबाट सदस्य-सचिव डा. पुष्प रमण वाग्ले तथा ब्रिटिश काउन्सिलको तर्फबाट देशीय निर्देशक डा. योभन इलिकले  हस्ताक्षर गर्नुभयो 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by