Back to top

 

सीप विकास (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम वा TVET)मा सार्वजनिक-निजी साझेदारी लाई विभिन्न तरीकाबाट व्याख्या गर्न सकिन्छ | दक्षता व्यवहारिक साझेदारी परियोजनाका लक्ष्यहरु मध्यको एउटा लक्ष्य सम्भावित सार्वजनिक-निजी साझेदारीका दृस्टीकोणहरुको बारेमा सचेतना वृद्दि गर्नु साथै नेपालमा TVET को सुशासन र कार्यान्वयनलाई सुदृढ र सशक्त बनाउनको लागि व्यवहारिक विकल्पहरुको खोजी गर्नु हो |  

दक्षता  परियोजनाद्वाfरा अन्तरास्ट्रिय घटनाक्रम अध्ययन पश्चात साभार गरिएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी बिभिन्न सार्वजनिक-निजी साझेदारी (TVET PPP) दृष्टिकोणहरु प्रस्तुत गर्न  र नेपालमा विकास गर्न सकिने खालका अन्य देशहरुमा प्रयोगमा रहेका सम्भावित पहलहरुको बारेमा छलफल गर्ने उद्देश्यका साथ आयोजित TVET सरोकारवाला अन्तरक्रिया कार्यशाला २०७५ आषाढ ६ गते काठमाडौँमा सम्पन्न भएको छ|  

 

 

 

 

 

 

 

 

सहभागीहरुलाई मलेसिया, दक्षिण अफ्रिका, भियतनाम, इन्डोनेसिया र पाकिस्तान गरी ५ वटा देशमा कार्यान्वयन भएका TVET PPP विकासका पहलसँग परिचित गराईयो | त्यसपछि सहभागीहरुले  अन्तरक्रियात्मक छलफलमा सहभागी हुनुका साथै र भविष्यमा नेपालमा TVET प्रणालीको विकास गर्नको लागि त्यसका सबै तहमा गर्न सकिने सम्भावित PPP पहलका लागि उहाँहरुका  सुझाव प्रस्तुत गर्नुभएको थियो |  

दक्षता  परियोजनाका विज्ञहरुले आफ्नो प्रस्तुतिको क्रममा TVET PPP को वृहत दायरा तय गर्नुभयो जुन राष्ट्रिय तालिम नीतिहरुलाई परिमार्जन गर्नको लागि रोजगारदाता– कामदार सहभागिता देखि स्थानीय तालिम प्रदायक संस्थालाई कुनै उध्योगले उपकरण, कार्यस्थल, प्राविधिक ज्ञान तथा सल्लाह सुझाव प्रदान गर्नेसम्मको रहन सक्छ|सार्वजनिक र निजी क्षेत्रबाट गरी कार्यशालामा ५० भन्दा बढी प्रतिनिधिहरु  सहभागी भई विभिन्न सुझावहरु तयार पार्नुभयो जसलाई दक्षता  परियोजनाले स्थापना गरेको ‘TVET PPP कार्य समूह’ ले अघि बढाउने छ|

मन्तव्य दिने क्रममा अतिथि वक्ताहरुले पनि उल्लेख गर्नु भएजस्तै कार्यशालाले सबै तहमा सार्वजनिक र निजी क्षेत्रको बीचमा सक्रिय समन्वय र सहभागीताको लागि एउटा आधारको सृजना गर्न पनि सफल भएको छ |  

 

 

 

 

 

 

 

                                     उद्घाटन मन्तव्यको क्रममा नेपाल उध्योग वाणिज्य महासंघ अन्तर्गतको रोजगारदाता परिषदका उप-महानिर्देशक श्री हंसराम पाण्डेले सार्वजनिक र निजी क्षेत्रका संस्थाहरुलाई एकै ठाउँमा ल्याउने प्रयासहरु जारी रहे पनि रोजगारदाताहरुले आवश्यकता अनुसारको जनशक्ति पाउन नसकिरहेका हुनाले माग र आपूर्तिको बीचमा अझै पनि ठुलो अन्तर रहेको अनि कुरा बताउनुभयो| निजी क्षेत्रको अझै बढी अर्थपूर्ण सहभागीता एवं  मान्यता हुनु पर्ने कुरामा जोड दिदैं उहाँले सार्वजनिक र निजी क्षेत्रबीचको व्यवहारिक साझेदारीको लागि एउटा आधारको आवश्यकता रहेको कुरा उल्लेख  गर्नुभयो दक्षता परियोजनाले सहजीकरण गर्ने लक्ष्य राखेको छ |

त्यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (CTEVT), प्राविधिक महाशाखाका निर्देशक श्री टेक बहादुर मल्लले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (TVET)का दुई स्तम्भ शिक्षा र रोजगारीमा निजी क्षेत्रको भूमिका संवेदनशील हुने कुरामा जोड दिनुभयो . उहाँले यी दुई क्षेत्रबीचको व्यवहारिक साझेदारी आर्थिक वृद्दिको लागि चालक रहेको धारणा व्यक्त गर्नुभयो . यसमा अझ बढी जोड दिदैं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव श्री खगराज पौड्यालले निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख  गर्नु भयो | 

उद्घाटन मन्तव्य राख्ने क्रमको अन्त्यमा पर्यटन विभागका महानिर्देशक श्री धन्डुराज घिमिरेले नेपालका लागि सार्वजनिक-निजी साझेदारी (PPP) नौलो नभए पनि आगामी दिनहरुमा साझेदारीलाई मार्गनिर्देशन प्रदान गर्नको लागि सार्वजनिक-निजी साझेदारी ऐन भने नरहेको उल्लेख गर्नुभयो . उहाँले कुनै पनि क्षेत्रमा दक्ष मानव संसाधनको विकासको लागि बजारमा रहेको मागको प्रभावकारी मुल्यांकन गर्नु अत्यन्तै महत्वपूर्ण हुने कुरा उल्लेख गर्नुभयो |

कार्यशालालाई नेपालमा TVET PPP को विकासको सेरोफेरोमा संवादहरुको सृजना गर्नको लागि पहिलो पाइलाको रुपमा परिकल्पना गरिएको थियो र प्राप्त सुझावहरुलाई TVET PPP कार्यसमूहले अघि बढाउने छ |

यूरोपियन युनियनबाट आर्थिक सहायता प्राप्त दक्षता परियोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)को नेतृत्वमा ब्रिटिश काउन्सिलले कार्यान्वयन गरिरहेको छ | यस प्रकाशनका विषय-वस्तु सम्बन्धी जिम्मेवारी सम्पुर्ण रुपमा ब्रिटिश काउन्सिलमा निहित छ र कुनै पनि रुपमा सो विषय-वस्तुले युरोपियन युनियनको धारणा प्रतिबिम्बित गर्दैन  |

 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by