Back to top
 मिति २०७७/०८/०८

ELMS photo 3

श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम  गर्न नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को नेतृत्वमा साझेदार व्यवसायिक संस्थाहरु नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल  र नेपाल निर्माण व्यवसायी महासंघ तथा  ब्रिटिश काउन्सिल (Under European Union Dakchyata Project: TVET Practical Partnership Project) को सहयोगमा ल्याइएको Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजनाको आज एक समारोहका बीच काठमाण्डौमा शुभारम्भ गरियो । 
परियोजना मार्फत Occupational Classification Standard को विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कूल बजेट रू. १७ करोड ९० लाख ११ हजार ७३३ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू को साझेदारीमा परियोजनाको कार्यान्वयन आउने छ ।

मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पुर्‍याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजनाले काम गर्ने छ ।ELMS Photo 2

कार्यक्रमलाई संबोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा परियोजना मार्फत यूरोपिएन यूनियन र व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमती अनुसार परियोजनालाई कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता जनाउनु भयो । नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेज (H.E. Nona Deprez, Ambassador of EU to Nepal) ले यस परियोजनाले नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पुर्‍याउने र नेपालको आर्थिक विकासमा आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सघाउने बताउनुभयो ।

ELMS photo 3

 ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगल (Shahida MacDougall, Country Director of the Bristish Council) र टिभेट इम्प्लोयर पार्टनसीप विज्ञ जोन माउन्टफोर्ड (John Mountford, TVET Employer Pratnership Expert) ले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताउनु भयो । दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष शीफयुक्त जनशत्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by