Back to top

                           

 राष्ट्रिय अनुदान शुभारम्भ कार्यक्रम

दक्षता परियोजनाको राष्ट्रिय अनुदानको शुरुवात राष्ट्रिय तहमा २० कार्तिक २०७४ का दिन  केन्द्रीय राजधानी काठमाण्डौमा र क्षेत्रीय तहमा २२ कार्तिक २०७४ का दिन पोखरा, धनकुटा र नेपालगंज एवं २४ कार्तिकका दिन लहानमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरु मार्फत गरियो |

कार्यक्रमहरुमा सरोकारवालाहरुलाई अनुदानको उद्देश्यहरुको बारेमा जानकारी गराउनुको साथै अनुदानको प्रकृया, मापदण्ड र सोको लागि आवश्यक पर्ने योग्यताको बारेमा सम्भावित अनुदान आवेदकहरुका जिज्ञासाहरु मेटाइएको थियो | अनुदान सुरुवातको राष्ट्रिय कार्यक्रममा १२० भन्दा बढी इच्छुक व्यक्तिहरुको सहभागिता रहेको थियो | कार्यक्रम भन्दा अगाडि नै जारी गरिएको सार्वजनिक सूचना र अनुदान पूर्वको जानकारीमुलक कार्यशालाहरुको बारेमा जानकारी समावेश गरिएको परियोजनाको वेभसाइटको सुरुवातले जनमानसमा उक्त कार्यक्रमका साथै परियोजनाको अनुदानको बारेमा सचेतना वृद्दि गर्न पनि योगदान पुग्यो | त्यसैगरी क्षेत्रीय कार्यक्रमहरुमा पनि सम्भावित आवेदकहरुको उल्लेख्य अभिरुचि र सहभागिता रह्यो | कार्यक्रमक दौरान उठेका विभिन्न सान्दर्भिक प्रश्नहरुका जवाफहरु परियोजनाको आधिकारिक वेभसाइटमा ‘धेरै सोधिएका प्रश्नहरु’ (Frequently Asked Questions )को  रुपमा चरणवद्द रुपमा  कार्तिक ३० र मङ्सिर १६,२०७४ गते प्रकाशित गरिनेछ |

 

दातृ साझेदारहरु समेतका सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको अनुदान सुरुवातको राष्ट्रिय कार्यक्रमका  बारेमा विभिन्न संचारमाध्यमहरुले समाचार प्रकाशन र प्रशारण गरेका थिए जसले परियोजना र यसको तौर तरीका खास गरी अनुदानको बारेमा सार्वजनिक सचेतना बढाउन योगदान पुर्याए | प्रमुख अतिथि शिक्षा मन्त्रालयका सह-सचिव डा. हरि लम्सालले ‘प्राविधिक शिक्षा र व्यवसायिक तालिम (TVET) नीति २०६९’ को पुनरावलोकन र राष्ट्रिय TVET कोष मार्फत TVET को सुधारमा सरकारको भूमिकामा जोड दिनुले पनि सचेतनामा थप बल पुर्यायो |

 

त्यसैगरी नेपालको लागि युरोपेली प्रतिनिधिमण्डलका सहायता प्रमुख आन्द्रेस रोएट्गरले उल्लेख गर्नुभयो – हामीले दक्षता मार्फत सृजना गर्न चाहेको नवीन निजी-सार्वजनिक साझेदारीले नेपालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (TVET) क्षेत्रले दिगो आर्थिक विकास र सबैका लागि राम्रा रोजगारीका अवसरहरु  सृजना गर्ने सम्भावना बोकेको छ | अन्य प्रमुख वक्ताहरुमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT), नेपाल उद्द्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो | ब्रिटिश काउन्सिलका राष्ट्रिय निर्देशक डा. योभान इलिसले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक सत्रको समापन गर्नुभयो |

२० मङ्सिर २०७४ भित्र पेश गर्नुपर्ने गरी इच्छुक संघ-संस्थाहरुबाट अवधारणापत्रको लागि आव्हान गरिएको  छ | आवेदकको योग्यता, अनुदान प्रदान गर्ने  मापदण्ड र कसरी आवेदन दिने भन्ने सम्बन्धी विस्तृत जानकारीको लागि कृपया ‘अवधारणा पत्र आव्हान दस्तावेज’ हेर्नुहोस |

 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by