Back to top

 

दक्षता परियोजना र अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नेपाल उद्दयोग बाणिज्य महासंघले २९ कार्तिक २०७४ का दिन ‘निजी क्षेत्र र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (TVET) का लागि पेशागत मापदण्डका फाइदाहरु’ विषयमा कार्यशाला आयोजना गरेको छ | उक्त कार्यशालाको प्रमुख उद्देश्य पेशागत मापदण्ड, कार्यसम्पादन मुल्यांकन मापदण्ड र तालिम/कार्यकौशल मापदण्ड बीचको फरकलाई स्पष्ट पार्नु थियोभने प्रमुख लक्ष्य चाहिं पेशागत मापदण्ड कार्यसम्पादन मुल्यांकन मापदण्ड र तालिम / कार्यकौशल मापदण्ड सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशिका एवं उदाहरणहरु मार्फत एउटा साझा बुझाइको विकास गर्नु थियो |

 

परियोजनाका टोली नेता सन कर्लीले निजी क्षेत्रको उत्पादकत्व र कौशल सुधार तथा पेशागत कार्यसम्पादनको मापदण्ड तयार गर्नका लागि पेशागत मापदण्डका फाइदाहरु व्याख्या गर्नुका साथै पेशाको राष्ट्रिय वर्गीकरण र अन्तर्राष्ट्रिय मान्यताको लागि पेशागत मापदण्डको प्रयोग र ISCO 2008 का फाइदाका बारेमा छलफल सत्र संचालन गर्नुभयो | नेपाल उद्दयोग बाणिज्य महासंघका वरिष्ठ उपाधक्ष्य शेखर गोल्छाको सभापतित्वमा सम्पन्न सो कार्यशालामा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल निर्देशक रिचार्ड हवार्डका साथै नेपालका लागि युरोपेली युनियन प्रतिनिधि मण्डल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) लगायत सहभागी संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो |

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by