Back to top

  

दक्षता: व्यवहारिक साझेदारी  युरोपियन युनियनसंगको सम्झौता मार्फत ब्रिटिश काउन्सिलद्वारा व्यवस्थापन गरिएको १४.१ मिलियन युरो आर्थिक सहयोग प्राप्त सीप विकास कार्यक्रम हो | सन् २०१७ देखि २०२१ सम्म ४ वर्ष संचालन हुने दक्षता परियोजना हाल ब्रिटिश काउन्सिलद्वारा विश्व भरि व्यवस्थापन गरिएका  सीप विकास परियोजनाहरु मध्ये एक हो |

यो परियोजना नेपालका लागि युरोपियन युनियनको समग्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा  व्यवहारिक साझेदारी (TVET-PP) कार्यक्रमको एक भाग हो जस अन्तर्गत ब्रिटिश काउन्सिलका गतिविधिहरुले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) ले कार्यान्वयन गरेको सक्षमता  परियोजनाका गतिविधिहरुको पुरकको रुपमा कार्य गर्ने छन् | परियोजनाको खास उद्देश्य प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (TVET) क्षेत्रमा श्रम बजारका आवश्यकतालाई सम्बोधन गर्ने खालको अझ प्रभावकारी नीतिको कार्यान्वयनलाई सुदृढ पार्नु  र तीन मुख्य आर्थिक क्षेत्रहरु – कृषि (व्यवसायिक कृषि र खाधान्न उत्पादन), निर्माण र पर्यटनमा TVET विकासको लागि एकीकृत सार्वजनिक-निजी साझेदारी पद्दतिको नमुना सुरुवात गर्नु हो |

सीप सम्बन्धी सुशासन र सम्बोधनका बीचमा सहि सन्तुलन सुनिश्चित गर्ने दृष्टिकोणहरुको सुरुवात गर्न सहयोग पुर्याउने खालका सार्वजनिक-निजी साझेदारी (PPP) मा आधारित अनुदान परियोजनाहरु मार्फत कृषि, पर्यटन र निर्माण क्षेत्रमा रहेका माग र आपूर्तिलाई एकै ठाउँमा ल्याऊने उद्देश्यका साथ परियोजनाका गतिविधिहरु तयार पारिएका हुन् | साथै परियोजनाले उपयुक्त नीतिहरुको विकास र कार्यान्वयन, अनुगमन र गुणस्तर सुनिश्चितिता गर्ने संयन्त्रहरुको अभिवृद्दीमा प्राविधिक सहयोग मार्फत TVET प्रणालीमा सरकारले खेल्ने भूमिकामा सहयोग गर्दछ | 

उच्च पदस्थ सरकारी अधिकारी र निजी क्षेत्रका मुख्य प्रतिनिधिहरुलाई एकै स्थानमा भेट गराएर नेपालमा सार्वजनिक-निजी साझेदारीलाई सशक्त पार्ने उपायहरुको बारेमा छलफल गर्न र व्यवहारिक उपायहरु पहिल्याउनको लागि उच्च स्तरीय सार्वजनिक-निजी साझेदारी सम्बन्धी कार्य समुहको गठन गरिएको छ | 

पूर्वी र दक्षिण एसियाली मुलुक साथै अफ्रिकाको सहारा उप-महाद्दीपका मुलुकहरुले कार्यन्वयन गरेका TVET PPP अभ्यासहरु सम्बन्धमा अन्तरराष्ट्रिय विज्ञको प्रस्तुतिबाट लाभान्वित भएको कार्यसमूहले सन् २०१८ को जुलाईमा मलेसियाको एक हप्ता लामो अध्ययन भ्रमण पनि सम्पन्न गरेको छ | सहभागीहरुलाई मलेसियामा रहेको TVET प्रणालीका सबै तहमा कार्यन्वयनमा रहेका PPP को बारेमा जानकारी गराईएको थियो जसमा  तालिम प्रवाहमा संलग्नता, गुणस्तर सुनिश्चितता एवं परीक्षणदेखि लिएर  प्रणालीको विकास र नितिगत निर्णयलाई प्रभावित पार्ने र सुसुचित गर्ने कार्य समावेश रहेका थिए | 

नेपालका सरकारी अधिकारीहरुद्वारा मलेसियाली प्रणालीमा निजी क्षेत्रले प्रदर्शन गरेका संलग्नताका उल्लेख्य तहहरुका सम्बन्धमा जानकरी ग्रहण भयो |  उदाहरणको लागि- मलेसियामा राष्ट्रिय पेशागत सीप मापदण्ड विकासको लागि निजी क्षेत्रले निभाईरहेको नेतृत्वदायी भुमिका जुन नेपालमा सरकारी निकायहरुले नेतृत्व गरिरहेका छन् |  त्यसै गरी मलेसियमा मानव संसाधन विकास कोष (HRDF) जस्ता दीर्घकालीन आर्थिक श्रोतको लागि सशक्त आधार प्रदान गर्ने कर (लेभि) प्रणालीहरु पनि कार्यान्वयनमा रहेको पाइयो जसले सार्वजनिक र निजी क्षेत्र दुबैलाई एउटा साझा मन्च मार्फत एकै ठाउँमा उभ्याएको छ |

 सो अध्ययन भ्रमणले नेपाल र मलेसियाका उच्च पदस्थ सरकारी अधिकारीहरु साथै निजी क्षेत्रका प्रतिनिधिहरुको बीचमा  जानकारीहरु प्रस्तुत एवं आदान प्रदान गर्नको लागि सहजीकरण गर्ने अवसर पनि प्रदान गर्यो |  भ्रमण दलका सदस्यहरुले मलेसियाको शिक्षा मन्त्रालय, कृषि र कृषिमा आधारित उध्योग, निर्माण उध्योग विकास बोर्ड, मलेसियाली होटेल संघ, मलेसियाली रोजगारदाता संघ, पेनांग सीप विकास केन्द्र र मलेसियाली योग्यता निर्धारण नियोग लगायतका निकाय एवं संघसंस्थाका प्रतिनिधिहरुसंग भेटघाट गर्नुभयो |


ब्रिटिश काउन्सिलका नेपाल र मलेसिया कार्यालयहरु बीचको सशक्त सहकार्यको फलस्वरूप सो अध्ययन भ्रमणको सफल आयोजना सम्भव भएको थियो | ती कार्यालयहरुले दुवै मुलुकका सरोकारवालाहरुको सहभागिता उच्च स्तरीय एवं आपसी लाभका कुरा सुनिश्चित गर्ने किसिमको रहोस भन्ने हेतुले आफ्ना संजाल र सम्बन्धहरुको उपयोग गरेका थिए |

भ्रमण दलका सदस्यहरुमा  सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाको शसक्तीकरण र क्षमता अभिवृद्दी, र नेपालमा TVET PPP विकासका लागि नयाँ विचारहरुको सन्दर्भमा अझै निखारिएको ज्ञान र बुझाईको विकास हुनु सो अध्ययनको एउटा अत्यन्तै महत्वपुर्ण कदमको रुपमा रह्यो |

अध्ययन भ्रमणको सन्दर्भमा भ्रमण दलका सदस्य सदस्यहरुको प्रतिक्रिया अत्यन्तै सकारात्मक रह्यो | नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव श्री मुकुन्द केशरी पोखरेलले TVET PPP का विभिन्न नमुनाहरुको बारेमा व्यवहारिक अध्ययनको अवसर प्रदान गरेको सो अध्ययन भ्रमण नेपालमा सम्भावित TVET PPP प्रणालीको विकासको दायरा निर्माणको लागि सहयोगी रहन सक्ने हुनाले शैक्षिक एवं प्रेरणादायी रहेको उल्लेख गर्नु भयो | नेपाल घरेलु तथा साना उध्योग महासंघका निवर्तमान अध्यक्ष श्री सुरेश प्रधानले आफु नेपालको लागि सान्दर्भिक हुने खालका TVET PPP अभ्यासहरुका बारेमा थुप्रै जानकरी लिएर फर्किएको प्रतिक्रिया दिनु भयो |

सहभागीहरुद्वारा अध्ययन भ्रमणका मुख्य अवलोकनको शृंखलाको बारेमा सामुहिक निष्कर्ष तयार पारिएको छ जसलाई नेपालमा प्रभावशाली TVET PPP प्रणालीको विकासक्रमको लागि जानकारीको रुपमा उपयोग गरिनेछ | नेपालको TVET प्रणालीका सबै तहहरुमा सार्वजनिक र निजी क्षेत्रबीचको समन्वय र सहभागिता अभिवृद्दी गर्नको लागि सम्भावित TVET मार्गदर्शनको विकास र अनुमोदन सम्बन्धमा कार्य गर्नको लागि आगामी महिनाहरुमा कार्य समूहका सदस्यहरुको बैठक नियमित रुपमा आयोजना गरिनेछ | 

युरोपियन युनियनबाट आर्थिक सहायता प्राप्त दक्षता परियोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)को नेतृत्वमा ब्रिटिश काउन्सिलले कार्यान्वयन गरिरहेको छ  | यस प्रकाशनको विषय-वस्तु सम्बन्धी जिम्मेवारी पुर्ण रुपमा ब्रिटिश काउन्सिलमा निहित छ र कुनै पनि रुपमा सो विषय-वस्तुले युरोपियन युनियनको धारणा प्रतिबिम्बित गर्दैन  |


 

 

 

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by